एमालेविरुद्ध ५ दल मिलेरै राष्ट्रियसभादेखि प्रतिनिधिसभासम्म चुनाव लड्छौं – माधव-Sutra News

एमालेविरुद्ध ५ दल मिलेरै राष्ट्रियसभादेखि प्रतिनिधिसभासम्म चुनाव लड्छौं – माधव

सोमबार, २० मंसिर २०७८

सोमबार, २० मंसिर २०७८
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेविरुद्ध राष्ट्रिय सभाको निर्वाचनदेखि प्रतिनिधि सभासम्म सबै निर्वाचनहरू पाँच दल मिलेर लड्ने बताएका छन् ।



सोमवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा मिलेर चुनाव लड्ने बताएका हुन् ।

उनले भने, ‘हामी पाँच दलीय गठबन्धन चुनावसम्मै जान्छ । केही समयपछि हुने राष्ट्रिय सभाको निर्वाचन, अनि उपनिर्वाचन, प्रदेश सभा, प्रतिनिधि सभा र स्थानीय चुनावमा सबै मिलेर लड्छौं ।’

उनले आफ्नो दलबाहेक अन्यको भविष्य नरहेको बताए । ‘नेकपा एकीकृत समाजवादीको मात्र भविष्य छ, अरू पार्टीहरू पत्तासाफ हुनेवाला छन्,’ अध्यक्ष नेपालले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट