दोहोरो अंकले बढ्यो शेयर बजार-Sutra News

दोहोरो अंकले बढ्यो शेयर बजार

सोमबार, २० मंसिर २०७८

सोमबार, २० मंसिर २०७८

साताको दोस्रो दिन सोमबार शेयर कारोबार बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर दुई हजार पाँच सय ४६ दशमलब ८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।



आज दुई सय २७ कम्पनीको ६९ हजार आठ सय ८८ कित्ता शेयर खरिदबिक्री हुँदा कुल चार अर्ब ५४ करोड २३ लाख ४५ हजार दुई सय ७१ रुपैयाँको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी नविल बैंकको शेयर कारोबार भएको छ । यस बैंकको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज सबै समूहको सूचकमा हरियाली छाए पनि तीन दशमलव ४५ प्रतिशतभन्दा माथि पुग्न सकेका छैनन् । आज उच्च नाफा कमाउनेमा मेरो माइक्रो फाइनान्स वित्तिय संसथाका लगानीकर्ताहरू रहेका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज जनउत्थान सामुदायिक लघुवित्त र न्यादी हाइड्रो पावरको शेयर मूल्यमा उच्च गिरावट आएको छ । जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट