विश्वासको मत दिए पछि सत्तापक्ष नै हुने भन्ने गलत व्याख्या भयो – माधव नेपाल-Sutra News

विश्वासको मत दिए पछि सत्तापक्ष नै हुने भन्ने गलत व्याख्या भयो – माधव नेपाल

बुधबार, २७ पौस २०७९

बुधबार, २७ पौस २०७९

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा आफुहरुको भूमिका रचनात्मक प्रतिपक्षीकै हुने बताएका छन् । बुधबार पार्टी निकट अनेरास्ववियू केन्द्रीय कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



उनले संविधानको कार्यान्वयनका साथै मुलुकको बिकास र सुशासनका लागि आफुहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको र अब आफुहरुको भूमिका संसदमा प्रतिपक्षीकै हुने बताए । विश्वासको मत दिए पछि सत्तापक्ष नै हुने भन्ने गलत व्याख्या भएको भन्दै उनले विश्वासको मत दिएर प्रतिपक्षीमा बसेको अनुभव २०५१ सालमा नै रहेको बताए ।

उनले संसद बिघटनको चर्चा संसदमा पनि सुनिन थालेको र यसले जनतामा पुन आशंका जन्माएकाले यस बारेमा आफुले प्रधानमन्त्री प्रचण्डसंग प्रश्न गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट