सूर्यको सतहबाट ‘ॐ’ को आवाज नआउने नासाको स्पष्टिकरण-Sutra News

सूर्यको सतहबाट ‘ॐ’ को आवाज नआउने नासाको स्पष्टिकरण

शनिबार, २७ कार्तिक २०७८

शनिबार, २७ कार्तिक २०७८

हिन्दू धर्ममा आस्था राख्ने कतिपयले सूर्यबाट ॐ आवाज आउने भनी गरेको दाबीलाई नासा (नेसनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेसन)ले खारेज गरेको छ ।



नासाले सोलार इलेक्ट्रोम्याग्नेटिक तरङ्गको आवाज ॐ नभएको बरू हल्का, सौर्य सामग्री (लाभा) बगिरहेको, चालू ज्वालामुखी जस्तो र एकदमै मन्द आवाज आउने दाबी गरेको हो ।

भारतको पोण्डेचरीकी लेफ्टिनेन्ट गभर्नर किरन वेदीले सूर्यबाट ‘ॐ’ आवाज आएको भनी भिडियोसहित सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गरेकी थिइन् । जवाफमा नासाले आफ्नो अफिसियल ट्वीटरमै वेदीको दाबीलाई खारेज गर्दै भिडियो पोस्ट गरेको छ ।

नासाको यस्तो अभिव्यक्तिपछि वेदीले झुटो अफवाह फैलाएको भन्दै कतिपयले उनको आलोचना गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट