पार्टीनिकट पत्रकारलाई माधवको चेतावनी – साँझ परेपछि पाँचतारे होटेल छिरेर रक्सी पिउन पाइन्न-Sutra News

पार्टीनिकट पत्रकारलाई माधवको चेतावनी – साँझ परेपछि पाँचतारे होटेल छिरेर रक्सी पिउन पाइन्न

शनिबार, २७ कार्तिक २०७८

शनिबार, २७ कार्तिक २०७८

नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी निकट पत्रकारलाई साँझ परेपछि होटेल नछिर्न चेतावनी दिएका छन् ।



समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले साँझ परेपछि रक्सी पिएको थाहा पाए आफूले राम्रो नमान्ने बताएका हुन् ।

‘पाँच तारे होटल धाइधाई, कसैलाई नखाई निद्रै नलाग्ने बानी पक्कै छैन होला । यो कुरा थाहा पाए भने म राम्रो मान्ने छैन’, अध्यक्ष नेपालले सम्बोधनका क्रममा भने ।

पार्टी नेताहरु समेत साँझ नपर्दै होटलको कोठाकोठा पुगेर रक्सी खाने र झगडा गर्नेगरेको सूचना पाएको अध्यक्ष नेपालले बताए । पत्रकारहरुले पनि त्यसो गर्न नहुने उनले बताए ।

‘म सुझाव दिन्छु, रक्सीले मान्छेको स्वास्थ्य खतम पार्छ । आयु घटाउँछ । रोग निम्त्याउँछ, रोगी बनाउँछ’, रक्सी पिउन छोड्न आग्रह गरे । आर्थिक प्रलोभनमा परेर राक्षसलाई देउता बनाउने काम नगर्न पनि अध्यक्ष नेपालले आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट