यस्तो छ आजको मौसम पूर्वानुमान-Sutra News

यस्तो छ आजको मौसम पूर्वानुमान

आइतबार, १७ असोज २०७८

आइतबार, १७ असोज २०७८

काठमाडौं- भारतको बिहार तथा आसपासतिर रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ । जसकारण आइतबार बिहान प्रदेश १, २ तथा बाग्मती प्रदेशमा बदली छ ।



प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ ।

प्रदेश १, २ र बागमतीका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

राति प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । सोमबार मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ, जसमा प्रदेश १ का एकरदुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट