शिव पारीयारको स्वरमा सुरेश वाग्लेको गजल ‘जति बिर्स्यौ तिम्रो याद’ सरोज खनाल, शाह, आकश श्रेष्ठ र प्रमिला कार्कीको अभिनय-Sutra News

शिव पारीयारको स्वरमा सुरेश वाग्लेको गजल ‘जति बिर्स्यौ तिम्रो याद’ सरोज खनाल, शाह, आकश श्रेष्ठ र प्रमिला कार्कीको अभिनय

शुक्रबार, १५ असोज २०७८

शुक्रबार, १५ असोज २०७८

काठमाडौं- गजलकार सुरेश वाग्लेको गजल ‘जति बिर्स्यौ तिम्रो याद’ सार्वजनिक भएको छ । उनले गजल लेख्नको यात्रा आरम्भ गरेको गजललाई नयाँपन दिँदै समयानुसार तयार गरेर सार्वजनिक गरेका छन् । आफ्नो पहिलो गजल भएकाले यो वाग्लेको मनको नजिकै छ । उनले यसलाई विद्यार्थी जीवनमै कोरेको गजललाई २०५९ मा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यसमा स्वर र संगीत शिव परियारको छ ।



यही गीतमार्फत् २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिक गीतमा स्वरतर्फ गायक परियार प्रथम भएका थिए । गीत पनि निकै सफल बनेको थियो । ‘त्यो जमाना अडियोको थियो । अडियो क्यासेट र विशेष गरेर रेडियोहरूमा खुबै बजेको गीत अझ यो जगल हो । तर, परिवर्तित समयअनुसार रिमेक गरेर भिडियोसहित गीत बजारमा ल्याएका हौं’, गजलकार वाग्ले भन्छन्, ‘पहिले जस्तै अब पनि दर्शक श्रोताले गीत र भिडियोलाई मन पराइदिनु हुनेछ ।’

‘यसै गजलले मलाइ लेख्नको संसारमा चिनाउनुका साथै मार्गहरूसमेत प्रशस्त गर्‍याे,’ गजलकार वाग्ले थप्छन,’ यसको मिठास उस्तै र भिडियोलाई समयसापेक्ष बनाउने कोसिस गरेका छौँ ।’ सार्वजनिक गीतको भिडियोमा अभिनेता सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय छ भने गीतको भिडियो निर्देशक निकेश खड्काले तयार पारेका हुन् ।

निर्देशक खड्काले गायक परियार, गीतकार वाग्ले र सिंगो नेपाली गजल क्षेत्रसँग जाडिएको र पृथक्  इतिहास बोकेको गीतलाई नयाँ ढंगबाट एउटा मिठो प्रेम कहानीका रूपमा भिडियोमा प्रस्तुत गरिएको बताए । उनले आफ्ना अन्य सृजना जस्तै यस भिडियोलाई पनि दर्शक स्रोताले मन पराइदिनुहुनेमा विश्वास व्यक्त गरे ।

भिडियोमा अभिनय गरेका अभिनेता सरोज खनाल, पल शाह, आकाश खड्का र प्रमिला कार्कीले पनि एउटा ऐतिहासिक गीतगजलसँग जोडिएर काम गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘जति बिर्स्यौ तिम्रो याद’ एउटा मिठो सांगीतिक कोसेली भएकाले सबैले रुचाइदिनुहुने कलाकारहरूको विश्वास छ ।  ‘नेपाली वेबसाइट’को ‘अफिसियल युट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा बुद्ध लामाको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट