नुरगंगा गुठीद्वारा पुरस्कार पाउने चार जनाको नामावली घोषणा-Sutra News

नुरगंगा गुठीद्वारा पुरस्कार पाउने चार जनाको नामावली घोषणा

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडाैं । नुरगंगा प्रतिभा पुरस्कार गुठीले चार विधामा २०७९ सालको पुरस्कारहरुको घोषणा गरेको छ । गुठीले आफ्नो सबैभन्दा ठूलो पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको छ।



गुठीका सदस्य सचिव यज्ञप्रसाद शर्मा पोखरेलका अनुसार एक लाख नगद राशिसहितको राष्ट्रिय लोकगायन पुरस्कार लमजुंगका परियारलाई प्रदान गर्ने निर्णय गरेकाे हाे ।

गुठीले ३० हजार राशिको क्षेत्रीय साहित्य पुरस्कार पाल्पाका साहित्यकार रामबहादुर पहाड़ीलाई, २५ हजार राशिको राष्ट्रिय नवप्रतिभा बाल साहित्य पुरस्कार मोरङका सोईना दाहाललाई र २० हजार राशिको क्षेत्रीय नवप्रतिभा गायन पुरस्कार अर्घाखाचीका कुशल बेलबासेलाई प्रदान गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

सबै पुरस्कार आगामी जेठ ११ गते प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहका साथ प्रदान गरिने गुठीले जनाएको छ।

पाल्पामा जन्मेर काठमाडौंमा बस्दै आएका प्रसिद्ध उद्यमी तथा साहित्यानुरागी नुरप्रताप जबरा र उनकी धर्मपत्नी तथा गायिका गङ्गा राणाले स्थापना गरेकाे गुठीले हरेक वर्ष कला साहित्यको क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई प्रोत्साहन तथा सम्मान स्वरूप पुरस्कार प्रदान गर्दै आएको छ।

पुरस्कार गुठीको संरक्षक उनीहरूका सुपुत्र अमिर प्रताप जबरा हुन् भने गोविन्द नेपाल अध्यक्ष हुन् । लोकप्रिय नेपाली जुत्ता ‘गोल्ड स्टार’ स्वर्गीय जबराले नै उत्पादन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट