४५ वर्षभन्दा अगाडि लेखिएको पुस्तक आज विमोचन-Sutra News

४५ वर्षभन्दा अगाडि लेखिएको पुस्तक आज विमोचन

मंगलबार, ३० जेष्ठ २०८०

मंगलबार, ३० जेष्ठ २०८०

४५ वर्षभन्दा बढी वर्ष अगाडि लेखिएको एउटा पुस्तक मंगलबार भक्तपुरमा विमोचन गरिएको छ ।
वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित समाज विकासको एक झलक नामक पुस्तकको विमोचन गरिएको हो । लेखक हरिवबहादुर श्रेष्ठ आफैँ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सहप्राध्यापक इतिहासविद् सत्यमोहन जोशी, पुस्तकको प्रकाशक संस्था स्रस्ता समाजका अध्यक्ष लक्ष्मणराज जोशीले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।



पुस्तक चार दशक भन्दा अगाडि लेखिएका विषयवस्तुको संकलन रहेको जनाइएको छ । लेखक हरिबहादुर श्रेष्ठ भारतको प्रवास जीवनमा रहँदा लेखिएका विषयको संकलन पुस्तकमा रहेको जनाइएको छ ।

वरिष्ठ राजनीतिज्ञ एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितको साहित्यिक नाम हरिबहादुर श्रेष्ठ हो । उनै विजुक्छें भारतको प्रवास जीवनमा हुँदा लेखिएका विषय वस्तुहरूको संकलन पुस्तकमा रहेको जनाइएको छ ।

कार्यक्रममा विजुक्छेंले पुस्तकको पाण्डुलिपि सङ्कलनमा ढिलाइ भएकोले पुस्तकको प्रकाशन ढिला गरी भएको सुनाए । राजनीतिक आन्दोलनलाई सघाउ पुर्‍याउन लेखिएका कुराहरू आजका दिनमा पनि उतिकै महत्त्वपूर्ण रहेकोले ढिला भए पनि पुस्तक प्रकाशित गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट