आज कहाँ-कहाँ वर्षा हुन्छ ?-Sutra News

आज कहाँ-कहाँ वर्षा हुन्छ ?

आइतबार, ३ असोज २०७८

आइतबार, ३ असोज २०७८

काठमाडौं- आज (आइतबार) राति मुलुकका केही स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना छ ।

तर, प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज कोशी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा मझौला नदीहरु कन्काई, कमला, बागमती, पुर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट