फिलिपिन्समा जारी कोभिड प्रतिबन्ध खुकुलो बनाइयो-Sutra News

फिलिपिन्समा जारी कोभिड प्रतिबन्ध खुकुलो बनाइयो

मंगलबार, २९ भाद्र २०७८

मंगलबार, २९ भाद्र २०७८

फिलिपिन्स- फिलिपिन्सले कोरोना भाइरसको उच्च संक्रमणका बावजुद राजधानी मनिलामा जारी विभिन्न प्रतिबन्ध सहज बनाउने भएको छ । यहाँका अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार आर्थिक गतिविधिलाई तीव्रता दिन यस किसिमको निर्णय गर्न लागिएको हो ।



उक्त निर्णयअनुसार भीडभाड कम हुने गरी राजधानी क्षेत्रमा रेस्टुँरा, चर्च र सौन्दर्य र शृङ्गारका पसलहरू बिहीबार देखि पुनः सञ्चालनमा आउनेछन् । यस निर्णय बारे जानकारी दिदै स्थानीय अधिकारीहरूले स्वास्थ्य संवेदनशीलतालाई पूर्णरूपले ख्याल गर्दै आर्थिक गतिविधिलाई तीव्रता दिन र रोजगारीको व्यस्थापनका निम्ति यस किसिमको निर्णय लिइएको बताएका छन् ।

भाइरस सङ्क्रमणको दर भने वृद्धि भइरहेको छ । गतहप्ता मात्र १४०,००० जनाम सङ्क्रमण पुष्टि भएको थियो । राजधानी मनिलालाई अत्यन्त सावधानी अपनाउनुपर्ने स्थानमा राखिएको छ जसले गर्दा यहाँका व्यापारीहरू कुन कुन व्यवसाय कुन कुन मापदण्ड अपनाएर सञ्चालन गर्न सकिन्छ भनेर अन्योलमा परेका छन् ।

पूरै डोज खोप लिएका कामदार र सेवाग्राहीहरुले १० प्रतिशतको क्षमतामा रेष्टुँरा र सौन्दर्यका पसलहरूमा आन्तरिक सेवा सञ्चालनमा ल्याइने छन् भने ३० प्रतिशत क्षमतामा बाह्य सेवाहरू पनि सञ्चालमा ल्याइनेछन् । यहाँका व्यापार सचिव रामन लोपेजका अनुसार कोभिड महामारीपछि यहाँका खाना र मनोरञ्जन क्षेत्रहरूमा २० लाख भन्दा बढी कामदारहरू बेरोजगार बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट