कस्तो रहला आजको मौसम ?-Sutra News

कस्तो रहला आजको मौसम ?

मंगलबार, २९ भाद्र २०७८

मंगलबार, २९ भाद्र २०७८

काठमाडौं- हाल नेपालमा भारतको न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यूनचापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ ।



मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश नं १, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीसहित केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहेको छ ।

मंगलबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका केही भू-भागमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट