कस्तो रहला आज मौसम ?-Sutra News

कस्तो रहला आज मौसम ?

बिहिबार, २४ भाद्र २०७८

बिहिबार, २४ भाद्र २०७८

काठमाडौं- नेपालमा न्यून चापीय प्रणाली र मनसुनको प्रभाव रहेको छ । जसका कारण बिहीबार बिहान प्रदेश १, २ र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको प्रभाव छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक छ ।

दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट