बेलायतमा ४२ हजार नयाँ सङ्क्रमित-Sutra News

बेलायतमा ४२ हजार नयाँ सङ्क्रमित

शनिबार, १९ भाद्र २०७८

शनिबार, १९ भाद्र २०७८

लण्डन- बेलायतमा कोरोना भाइरसबाट थप ४२ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।



योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६९ लाख चार हजार ९६९ पुगेको अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुकाअनुसार पछिल्लो २४ घण्टामा १२१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या भने एक लाख ३३ हजार ४१ पुगेको छ ।

बेलायतमा सङ्क्रमितको सङ्ख्या बढेपछि उच्च सतर्कताका लागि फेरि जोड दिन थालिएको छ । सरकारले खोपका लागि सबैलाई आह्वान गरिरहेको छ भने बालबालिकालाई पनि खोप लगाउने गृहकार्य भइरहेको छ ।

विज्ञले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउनु उपयुक्त हुने सुझाव पनि दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट