आजको मौसमः यी चार प्रदेशमा भारी वर्षाको सम्भावना-Sutra News

आजको मौसमः यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

शुक्रबार, १८ भाद्र २०७८

शुक्रबार, १८ भाद्र २०७८

काठमाडौं- शुक्रबार नेपालका केही स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार दिउँसो धेरै स्थानमा वर्षा हुनेछ । त्यसमा पनि प्रदेश १, २, बागमती र गण्डकीका एक/दुई स्थानमा मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना छ ।



राति बागमती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ । महाशाखाकाअनुसार शुक्रबार पनि धेरै स्थानमा वर्षाको सम्भावना छ । त्यसमा पनि प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट