दाङमा बाढीले जिप बगायो, दिदीबहिनीसहित चार जनाको मृत्यु-Sutra News

दाङमा बाढीले जिप बगायो, दिदीबहिनीसहित चार जनाको मृत्यु

बिहिबार, १७ भाद्र २०७८

बिहिबार, १७ भाद्र २०७८

दाङ- दाङमा बाढीले जिप बगाउँदा चार जनाको मृत्यु भएको छ ।



घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका-४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरमा दुई दिदीबहिनीसहित चार जनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन् ।

चालकलाई भने प्रहरीले उद्धार गरेको छ । रुपैडियाँ किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।

मृत्यु हुनेमा घोराही १३ की ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३० वर्षीया राधा श्रेष्ठ कुवर, घोराही–१३ की ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट