गैँडाको आक्रमणबाट महिलाको मृत्यु-Sutra News

गैँडाको आक्रमणबाट महिलाको मृत्यु

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

चितवन- पश्चिम चितवनको जगतपुरमा गैँडाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।



मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२३ की ३८ वर्षीया सम्झना दराई रहेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ ।

कार्यालयकाअनुसार स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई आज दिउँसो २:३० बजे गैँडाले आक्रमण गरेको थियो ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते दराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनको दिउँसो ३:२५ बजे मृत्यु भएको हो । सांकेतिक तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट