मौसम: देशभर वर्षाको सम्भावना -Sutra News

मौसम: देशभर वर्षाको सम्भावना 

बुधबार, १६ भाद्र २०७८

बुधबार, १६ भाद्र २०७८

काठमाडौं- आज बुधबार मुलुकभर वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभावका कारण बिहान प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा पानी परेको छ ।



दिउँसो मुलुकका धेरैजसो स्थानमा पानी पर्नेछ । राति प्रदेश १ का केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहीबार दिउँसो केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट