माधव नेपाललाई प्रदीपले भने- कमरेड ! तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो-Sutra News

माधव नेपाललाई प्रदीपले भने- कमरेड ! तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

नेकपा एमाले विभाजन गरी माधव कुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीमा रहेका नेता प्रदीप नेपालले पार्टी छाडेको घोषणा गरेका छन् ।



नेता माधवकुमार नेपालले झेली कुरा गर्दै धोका दिन खोजेक भन्दै उनले माधव नेपालको साथ छाडेको घोषणा गरेका हुन् ।

आफू तानाशाही प्रवृतिको विरोधी भएको कारण केपी ओलीसामू नजाने भन्दै उनले माधव नेपालले आफूलाई धोका दिएको बताए ।

उनले जबजलाई आफूले स्वीकार नगर्ने भनेको र सोही सहमतिमा हस्ताक्षर गरेको भएपनि अहिले नेता नेपालले धोका दिएको उनको भनाई छ ।

‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ।’ उनले भने, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। विदा।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट