आज यी प्रदेशमा भारी वर्षा-Sutra News

आज यी प्रदेशमा भारी वर्षा

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

काठमाडौं- आज शुक्रबार मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षाको आकलन गरिएको छ । मनसुन फेरि सक्रिय भएसँगै देशभर पानी परिरहेकोमा शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।



शुक्रबार राति पनि देशभर वर्षा हुनेछ । शनिबार धेरै स्थानमा वर्षाको सम्भावना छ । जसमा पनि प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीरधेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीरधेरै भारी सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट