नेपालमा मनसुनी वायुको प्रभाव कायमै, आज केही स्थानमा वर्षाको सम्भावना-Sutra News

नेपालमा मनसुनी वायुको प्रभाव कायमै, आज केही स्थानमा वर्षाको सम्भावना

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

काठमाडौं- नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको छ । देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।



मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार आइतबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

सोमबार पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

मंगलबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट