आजको मौसम, यी प्रदेशमा भारी वर्षाको सम्भावना-Sutra News

आजको मौसम, यी प्रदेशमा भारी वर्षाको सम्भावना

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

काठमाडौं- यतिखेर बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी प्रदेशमा सामान्य बदली छ भने अन्य प्रदेशमा आंशिकदेखि र सामान्य बदली रहेको छ ।



महाशाखाले जनाएअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको छ ।

राति भने देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षा हुनसक्ने हाशाखाको पूर्वानुमान छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ ।

नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट