देउवासँग मन्त्रीको बार्गेनिङ नमिल्ने भएपछि पौडेल पक्ष आन्तरिक छलफलमा-Sutra News

देउवासँग मन्त्रीको बार्गेनिङ नमिल्ने भएपछि पौडेल पक्ष आन्तरिक छलफलमा

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।



प्रधानमन्त्रीमा काँग्रेसका नेता शेरबहादुर देउवा नियुक्त भएपछि नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्यौलमा परेको छ । महाधिवेशन तथा अन्य राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नका लागि कांग्रेसका संस्थापक नेता गणेशमान सिंहका पुत्र प्रकाशमान निवासमा बैठक बस्ने भएको हो ।

सरकारले अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै काँग्रेसभित्रकै नेताहरुले बताउँदै आएका छन् ।

यस्तै पौडेल पक्षले सरकारमा सहभागी हुन उपप्रधानमन्त्रीसहितको पद माग्दै आएका छन् तर देउवाले नदिने संकेत देखाएका छन् ।

मन्त्रिपरिषद विस्तार गर्दा देउवाले सबैको चित्त बुझाउनुपर्ने बाध्यता छ । नेकपा माओवादी केन्द्र र जसपाले पनि महत्वपूर्ण मन्त्रालय माग गरेका छन् । देउवा र पौडेलबीचको सम्बन्ध यो विषयले बिगार्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट