सागर लम्साल ‘बले’को चेतावनी, गुरुङ समाजको आडमा धम्की नदिनु-Sutra News

सागर लम्साल ‘बले’को चेतावनी, गुरुङ समाजको आडमा धम्की नदिनु

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । कलाकार सागर लम्सालले गुरुङ समाजको आडमा धम्की नदिन आग्रह गरेका छन् ।



विशेष गरि राजेन्द्र लम्साल र नारायण रायमाझीको स्वरमा एक दशकअघि रेकर्ड भएको गीत ‘छोडेर आए म’को एक महिना अगाडि सार्वजनिक भएको ‘हावा सरर’ बोलको गीत हुबहु लय मिलेको छ । यो गीतको लय मिलेसँगै गायक राजेन्द्र लम्सालका छोरा कलाकार सागर लम्सालले आपत्ति जनादाँ गुरुङ समाजको आडमा धम्की दिएको बताएका छन् ।

सागरले गायक चिज गुरुङको युट्युब च्यानलबाट सार्वजनिक गीत आफ्ना पिताको गीतसँग हुबहु मिलको भन्दै आफूले सम्बन्धित पक्षलाई जानकारी गराउदै गीत मिलेको विषयमा कुरा निकाल्दा गुरुङले धम्की दिएको बताएका छन् । गीतमा कृष्ण उजाड पौडेलले संगीत भरेको छन्।

कलाकार लम्सालले भने, ‘हावा सरर बोलको गीतको लय ‘छोडेर आए म’सँग ठ्याकै मिलेको सुनिन्छ । मैले गीतको लय हुबहु मिलेको रैछ नि भनेर कुरा राख्दा उहाँ(चिज गुरुङ)ले अब गुरुङ समाजले जे गर्छ–गर्छ भन्ने धम्की दिनुभयो।’

हुबहु मिलेको जानकारी गराउँदा ‘तपाईं जे गर्न सक्नुहुन्छ गर्नुस्, मसँग मेरो समाज छ, मेरो तर्फबाट मेरो समाज लड्छ’ भन्ने जवाफ आएको बताए।

यता लम्सालले सामाजिक सञ्जाल फेसबुका स्टाटस समेत लेखेका छन्, ‘मैले सम्बन्धित पक्षलाई गीत सार्वजनिक भएको केही मिनेट मै जानकारी गराएको थिएँ । तर, सम्बन्धित पक्षबाट तपाई जे गर्न सक्नुहुन्छ गर्नुहोस्, मसँग मेरो समाज छ, मेरो तर्फबाट मेरो समाज लड्छ भन्ने जवाफ आयो । बजारमा चोरिएको संगीत भन्ने हल्ला नहुँदा सम्म शानसँग संगीतकारमा आफ्नो नाम राखेका चिज गुरुङले अहिले सबैले थाहा पाइसकेपछि युट्युबमा आफ्नो नाम हटाएर म्युजिकल कलेक्शन मात्र लेखी ठाउँ खाली राखेका छन् । चिज कुमारले युट्युबको विवरणमा आफ्नो नाम हटाए पनि भिडियोमा भने नाम यथावत् नै छ ।’

यो विषयमा लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई जानकारी गराएपनि केही प्रतिक्रिया नआएको र मौन रहेको भन्दै सागरले आपत्ति जनाएका छन् ।

उनले भनका छन्, ‘गीत चोरिएको बारेमा स्रष्टाका पक्षमा बोल्ला भन्ने आशा राखेको थिएँ। तर यो विषयमा प्रतिष्ठान मौन छ । मैले यसबारेमा प्रतिष्ठानका अग्रजहरूलाई जानकारी गराइरहेँ, तर थाहा छैन प्रतिष्ठानले कहिले सुन्ने हो?’ साथै, उनले प्रश्न गरेका छन्, ‘अब जसलाई जे मन लाग्छ, चोरी गरि बजारमा नाम र दाम कमाउन पाइने हो ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट