प्रभु बैंकका ग्राहकलाई स्वस्तिक हेल्थ केयर सेन्टरको सेवामा छुट-Sutra News

प्रभु बैंकका ग्राहकलाई स्वस्तिक हेल्थ केयर सेन्टरको सेवामा छुट

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । प्रभु बैंकका ग्राहकले ललितपुरस्थित स्वस्तिक हेल्थ केयर सेन्टरका सेवामा छुट पाउने भएका छन् । एक समारोहका बीच मंगलबार स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालबीच उक्त छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।



दुई पक्षबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकहरुले स्वस्तिकको अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका स्वास्थ सेवाहरुमा छुट पाउने भएका हुन् ।

सेवा लिनका लागि बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एकको प्रयोग गर्नुपर्नेछ । जनाइएअनुसार स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा १००० देखि २५०० सम्मको छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट