चट्याङ लागेर बालकको मृत्यु, एकै परिवारका तीन जना घाइते-Sutra News

चट्याङ लागेर बालकको मृत्यु, एकै परिवारका तीन जना घाइते

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । चट्याङ लागेर अछामको रामारोशन गाउँपालिका ७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु भएको छ ।



सोमबार राति हुरी बताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वाध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिए ।

यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीन जना घाइते भएका छन् । यस्तै, घर पूर्ण रूपमा नष्ट भएको छ ।

सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका ३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट