देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना-Sutra News

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

काठमाडौं- देशभर आज शुक्रबारको मौसममा सामान्यदेखि पूर्ण बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार मुलुकका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले लुम्बिनी तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।



शुक्रबार राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने छ । राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

हाल नेपालमा देशभर मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाकाअनुसार अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु मौसमविदले आग्रह गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट