आज देशभर वर्षा हुने-Sutra News

आज देशभर वर्षा हुने

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

काठमाडौं- आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।



देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै महाशाखाले अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको जानकारी दिएको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । भोलि राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुन सक्ने छ ।

त्यस्तै शुक्रबार देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । शुक्रबार राति सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

आगामी २४ घण्टामा देशका धेरै स्थानमा वर्षाका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । साथै प्रदेश १ का एकरदुई स्थानमा धेरै भारी वर्षा हुनेछ । सोही कारण पहिरो जाने तथा नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट