आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आगामी ३ दिनको पूर्वानुमान-Sutra News

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आगामी ३ दिनको पूर्वानुमान

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

काठमाडौं- मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।



अहिले देशभर सामान्य बदली रही वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ आगामी ३ दिनको पूर्वानुमान

मंगलबार

दिउँसो

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति 

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूर-पश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ ।

बुधबार

दिउँसो

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित धेरै भारी वर्षाको  सम्भावना पनि रहेको छ ।

राति 

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित धेरै भारी वर्षाको  सम्भावना रहेको छ ।

बिहीबार

दिउँसो

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ ।

राति

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट