आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना-Sutra News

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

शनिबार, २६ असार २०७८

शनिबार, २६ असार २०७८

काठमाडौं- आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



महाशााखाकाअनुसार अहिले (शनिबार बिहान) पनि प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो भने धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस क्रममा प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना पनि छ । साथै प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट