कहिले सुध्रिएला मौसम ?-Sutra News

कहिले सुध्रिएला मौसम ?

बुधबार, २३ असार २०७८

बुधबार, २३ असार २०७८

काठमाडौं- मनसुनी वायुको प्रभावले यतिखेर मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । आज बुधबारदेखि पुनः मौसम सक्रिय भई देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ ।



अत्यधिक वर्षाका कारण नदीनालाको आकार बढेर धेरै धनजनको क्षति हुन पुगेको छ । मौसममा कहिले सुधार आउँछ यसको ठोस जवाफ जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखासँग पनि छैन ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । प्रदेश १ का एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैगरि राति पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट