आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना-Sutra News

आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

काठमाडौं- केही दिनदेखि देशभर भारी वर्षा भइरहेको छ । न्युनचापीय क्षेत्र केही तल सरेकाले मनसुनी गतिविधिको प्रभाव केही कम भएको र अझै दुई-तीन दिन यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



महाशाखाकाअनुसार देशभर बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायम रहेको र मनसुनी गतिविधि सक्रिय अवस्थामै रहेने छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेने छ ।

आइतबार राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट