चाणक्य नीति : औषधि, सम्पत्ति र श्रीमान श्रीमतीबीचको सम्बन्धका बारेमा चुप रहनुहोस्-Sutra News

चाणक्य नीति : औषधि, सम्पत्ति र श्रीमान श्रीमतीबीचको सम्बन्धका बारेमा चुप रहनुहोस्

सोमबार, ३१ जेष्ठ २०७८

सोमबार, ३१ जेष्ठ २०७८

आचार्य चाणक्यले आफ्नो नीति ग्रन्थमा मानिसको जीवनलाई सरल र सफल बनाउनेसम्बन्धी धेरै कुराहरू गरेका छन् ।



चाणक्य नीतिको १४ अध्यायको १७ श्लोकका उनले बताएका छन् – बुद्धिमान व्यक्तिले आफ्नो कतिपय कुराहरू बाहिर कसैलाई बताउनु हुँदैन । ती कुराहरू सेयर गर्नाले अपमानको सामना गर्नुपर्ने हुनसक्छ ।

यससँगै खराब समयमा अन्य व्यक्तिहरूको साथ पाउन पनि मुश्किल पर्न सक्छ ।

उनले श्लोकमा लेखेका छन् –

सुसिद्धमौषधं धर्मं गृहच्छिद्रं मैथुनम्
कुभुक्तं कुश्रुतं चैव मतिमान्न प्रकाशयेत्

अर्थात आफूले खाने औषधिका बारेमा कसैलाई भन्नु हुँदैन । आफ्नो रोग के हो भनेर अरूले थाहा पाउने हो भने त्यसको असर नकारात्मक पर्न सक्छ । शत्रु या दुश्मनले आफ्नो शारीरिक अवस्थाका बारेमा थाहा पाउन सक्छ र कुनै हानी गर्ने काम गर्न सक्छ ।

आचार्य चाणक्यले यस श्लोकमार्फत भनेका छन् – आफ्नो घरको गोप्य कुरा बाहिर कहिल्यै पनि भन्नुहुँदैन । जतिसुकै दुखमा परेपनि आफ्नो घरको समस्या आफैं समाधान गर्नुपर्छ र बाहिरी व्यक्तिको साथ लिन आवश्यक छैन ।

उनले आफ्नो परिवारका बारेमा नकारात्मक कुरा बाहिर कसैलाई पनि भन्न नहुने स्पष्ट पारेका छन् ।

चाणक्यले श्रीमान् श्रीमतीबीच हुने शारीरिक सम्बन्धका बारेमा पनि बाहिर कसैलाई भन्न नहुने विषयलाई प्रमुखताका साथ आफ्नो चाणक्य नीतिमा समेटेका छन् ।

चाणक्यले आफूसँग कति धन छ भन्ने कुरा पनि बाहिर कसैलाई भन्न नहुने चाणक्य नीतिमार्फत बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट