चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त सामग्री हस्तान्तरण-Sutra News

चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त सामग्री हस्तान्तरण

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौं- सत्तारुढ नेकपा (एमाले) ले चिनियाँ कम्युनिस्ट पार्टीबाट कोभिड-१९ को नियन्त्रण र रोकथामका लागि प्राप्त स्वास्थ्य सामग्री आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।



एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई ती सामग्री हस्तान्तरण गरेको  हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गरेको  विज्ञप्तिमा हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन-नाइन्टी फाइभ मास्क एक लाख थान सामग्री हस्तान्तारण गरिएको जनाइएको छ ।

सो कार्यले कोभिड-१९ का विरुद्धको लडाइँमा थोरै भए पनि मद्दत पुग्ने विश्वास सो पार्टीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट