हिन्दू धर्ममा कपाल किन खौरिइन्छ ? यस्तो छ धार्मिक र वैज्ञानिक कारण-Sutra News

हिन्दू धर्ममा कपाल किन खौरिइन्छ ? यस्तो छ धार्मिक र वैज्ञानिक कारण

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

हिन्दू धर्ममा विशिष्ट परम्परा र रीतिरिवाज छन् । यसका धेरै मान्यताहरूका पछाडि लुकेका कारणका बारेमा मानिसलाई जानकारी नहुन सक्छ । यिनै मान्यतामध्येको एक मुण्डन संस्कार पनि हो । यसको कारणका बारेमा जानिराखौं ।



धार्मिक कारण
हिन्दू धर्ममा मुण्डन संस्कार गर्नुका पछाडि जन्मान्तरको कुरा आउँछ । गर्भे कपालले पूर्वजन्मका यादहरूलाई सुरक्षित राख्छ भन्ने मान्यता छ । नयाँ जीवनमा ती पुराना यादहरू हटून् भन्नका लागि मुण्डन वा छेवर गरिन्छ ।

वैज्ञानिक कारण
मुण्डनका पछाडि वैज्ञानिक कारण पनि छ । बच्चाको स्वास्थ्यसँग यो जोडिएको छ । आमाको गर्भमा हुँदा शिशुको शिरका रोम छिद्रहरू बन्द हुन्छन् र शिरमा फोहोर र ब्याक्टेरिया जम्मा हुन्छन् । बच्चालाई जन्मिनेबित्तिकै नुहाउँदा पनि कपालमा टाँसिएका ब्याक्टेरियाहरू जाँदैनन् । त्यसैले कपाललाई छुरा लगाएर उडाउँदा रोमछिद्र पनि खुल्छन् अनि फोहोर पनि भाग्छन् । बच्चाको नयाँ कपाल घना, मजबूत र स्वच्छ भएर निस्कन्छ ।

यसअतिरिक्त बच्चालाई गर्भमा भिटामिन डी भरपूर प्राप्त हुँदैन । तर संसारमा आएपछि अनि केही समयपछि शिर मुण्डन गर्दा घाम सिधै टाउकोमा आएर भिटामिन डी पर्न पाउँछ । यसले गर्दा कोशिकाहरू जागृत भएर रक्तप्रवाह राम्ररी हुन पाउँछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट