भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३५ हजार नाघ्यो-Sutra News

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३५ हजार नाघ्यो

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतमा बितेको  २४ घण्टामा १ लाख ३२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ८३ लाख ७ हजार नाघेको छ ।



सोही अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३ हजार २०७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा   कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या  ३ लाख ३५ हजार १०२ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट