उप-प्रमुखको कोरोना संक्रमणबाट निधन-Sutra News

उप-प्रमुखको कोरोना संक्रमणबाट निधन

मंगलबार, ४ जेष्ठ २०७८

मंगलबार, ४ जेष्ठ २०७८

जनकपुरधाम- सप्तरीको सप्तकोशी नगरपालिकाकी उप-प्रमुख आशा चौधरीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।



विराटनगरस्थित विराट मेडिकल अस्पतालमा उपचारकै क्रममा आज विहान उनको निधन भएको हो ।

रुघाखोकी र ज्वरो लागेपछि पीसीआर परीक्षण गराउदा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसलगत्तै उनी अस्पताल भर्ना भइन् । स्वास्थ्य अवस्था बिग्रिएपछि तीन दिनदेखि उनको आईसीयूमा उपचार भइरहेको थियो ।

सप्तकोशी नगरपालिका-८ घर भएकी उनी तत्कालिन नेकपा एमालेको तर्फबाट उप-प्रमुखमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट