चीनले दियो १८ हजार अक्सिजन सिलिन्डर-Sutra News

चीनले दियो १८ हजार अक्सिजन सिलिन्डर

आइतबार, २ जेष्ठ २०७८

आइतबार, २ जेष्ठ २०७८

काठमाडौं-  नेपाल सरकारलाई चीनले सहयोगस्वरुप दिएको १८ हजार थान अक्सिजन सिलिन्डर सिन्धुपाल्चाेकस्थित तातोपानी नाकामा आइपुगेका छन् । अक्सिजन सिलिन्डर बोकेका चिनियाँ कन्टेनर तिब्बतर्फको नाकामा आइपुगेको भन्सार कार्यालयले जानकारी दिएको छ ।



सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन सिलिन्डर अभाव हुन नदिन हवाइ र स्थल दुवै मार्ग प्रयोग गरिएको बताएका छन् । उपप्रधानमन्त्रीको प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार १८ हजार थान सिलिन्डर प्रक्रिया पूरा गरेर काठमाडौं ल्याउने तयारी छ ।

तिब्बतको कुति (न्यालम) भन्सारबाट अघि बढेका अक्सिजन सिलिन्डर नेपाललाई चिनियाँ पक्षले हस्तान्तरण गर्नासाथ काठमाडौं पठाइने भन्सार कार्यालयले जनाएको छ । सामान हस्तान्तरणको सामान्य कार्यक्रमपछि स्वास्थ्य मन्त्रालयको जिम्मा लगाइने भएको छ ।

शनिबार साँझै नेपाल एयरलाइन्सको वाइडबडी जहाज थप अक्सिजन सिलिन्डर, अक्सिजन कन्सर्नटेटर र भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री लिन बेइजिङ उडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट