कोरोना ग्राफः पछिल्लो २४ घण्टामा ८९६० जना कोरोना संक्रमित थपिए, २१४ को मृत्यु-Sutra News

कोरोना ग्राफः पछिल्लो २४ घण्टामा ८९६० जना कोरोना संक्रमित थपिए, २१४ को मृत्यु

बिहिबार, ३० बैशाख २०७८

बिहिबार, ३० बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा ८९६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।



यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा २१४ जना संक्रमितले ज्यान गुमाएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको छ भने मृतकको कुल संख्या ४४६६ जना रहेको छ ।

कोरोना नियन्त्रणका लागि देशका विभिन्न जिल्लाहरूमा निषेधाज्ञा जारी छ । निषेधाज्ञा गरिए पनि कोरोना ग्राफ भने घटेको छैन । जसको मुख्य कारण नै जनस्वास्थ्यका मापदण्ड उल्लघंन हो ।

छिमेकी मुलुक भारतमा दोस्रो लहरको कोरोना संक्रमण भयावह भएपछि नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट