उपत्यकाका तीनै जिल्लामा वैशाखभरि लकडाउन, संक्रमित बढे अझै थपिने-Sutra News

उपत्यकाका तीनै जिल्लामा वैशाखभरि लकडाउन, संक्रमित बढे अझै थपिने

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

काठमाडाैं – सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लालमा वैशाख महिनाभर निषेधाज्ञा लगाउने भएको छ। 



मन्त्रिपरिषद्‍को सोमबारको बैठकले यस्तो निर्णय गरेको हो। हिजै मात्र उपत्यकाका तीनै वटा जिल्ला (काठमाडाै,भक्तपुर, ललितपुर) का सिडियोहरूको बैठक पनि बसेको थियो।

उक्त बैठकले काठमाडाैंमा एक सता लकडाउन लगाउने निर्णय गरेको थियो। उक्त समयमा मन्त्रिपरिषद‍् बैठकबाट अरु एक हप्ता थप गरिएको हो। 

कोभिड–१९ को अवस्था हेरेर लकडाउन अवधि थपघट हुनसक्ने बैठकपछि एक मन्त्रीले बताएका थिए।

यस्तै सरकारले कोरोना नियन्त्रणका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ।

बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि तत्काललाई आन्तरिक उडान नरोक्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदले सीसीएमसीले सिफारिस गरे बमोजिम सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

त्यस्तै मन्त्रिपरिषदले सीसीएमसीको सिफारिश अनुसार शहरी क्षेत्रमा ५०० भन्दा बढी र पहाडी क्षेत्रमा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सिफारिसलाई पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट