विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस-Sutra News

विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

मंगलबार, ३१ चैत्र २०७७

मंगलबार, ३१ चैत्र २०७७

काठमाडौं- कोरोना जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित देशका ठूला सहरका विद्यालयहरु कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ ।



उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालयहरू एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको मन्त्रालयले जनाएकाे छ ।

‘काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्जसहित १५ वटा ठूला सहर छन् । यहाँ संक्रमण फैलन सक्ने भएकोले कम गर्न खोजेको हो । अहिलेको नयाँ भाइरस एकदम संक्रमणशील छ । त्यसैले एकैचोटी धेरै मानिस बिरामी भएर अस्पताल आए भने उपचार गर्न सकिँदैन,’ मन्त्रालयका एक कर्मचारीले भने ।

पछिल्लोसमय कोरोना भारइसको दोस्रो लहर फैलिएको र यसबाट बालबालिका उच्च जोखिममा रहेको पाइएपछि मन्त्रालयले धेरै जनघनत्व भएका क्षेत्रका विद्यालय एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट