देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय-Sutra News

देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय

सोमबार, १६ चैत्र २०७७

सोमबार, १६ चैत्र २०७७

काठमाडौं- सरकारले देशभरका विद्यालय चारदिन बन्द गर्ने निर्णय गरेको छ ।



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए ।

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा.सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा.हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो ।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।

पछिल्ला चार दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण ह्वात्तै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट