सेनाका शिक्षक-शिक्षार्थीको बङ्गलादेश र पाकिस्तान भ्रमण-Sutra News

सेनाका शिक्षक-शिक्षार्थीको बङ्गलादेश र पाकिस्तान भ्रमण

सोमबार, ९ चैत्र २०७७

सोमबार, ९ चैत्र २०७७

काठमाडौं- शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष, शिक्षक र शिक्षार्थीसहितको टोलीले बङ्गलादेश र पाकिस्तानको अध्ययन भ्रमण गरेको छ ।



उक्त कलेजमा सञ्चालित सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृत टोलीले साताव्यापी भ्रमण पूरा गरी स्वदेश फर्केको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीको नेतृत्वमा ४० बङ्गलादेश तथा मुख्य शिक्षक महासेनानी विमलराज शर्माको नेतृत्वमा ४७ को टोली पाकिस्तान अध्ययन भ्रमणमा गएको थियो ।

ती टोलीले तत् मुलुकका स्थल, जल र हवाई सेनाका निकाय, महत्वपूर्ण औद्योगिकस्थल एवं समकक्षी कलेजको भ्रमण गरेको थियो ।

वार्षिकरूपमा हुने यस्ता भ्रमणले ती मुलुकका जल, थल तथा वायु सेनाको युद्धकलालगायतका नवीनतम प्रविधि प्रयोगबारे अवलोकनको अवसर मिल्दै आएको सेनाले जानकारी दिएको छ ।

भ्रमणबाट शिक्षार्थीलाई समसामायिक सैनिक विषयमा ज्ञान हासिल गर्नका साथै सैन्य कूटनीतिमा समेत सकारात्मक प्रभाव पर्ने सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट