लडेर घाइते भएका प्रहरी हवल्दारको मृत्यु-Sutra News

लडेर घाइते भएका प्रहरी हवल्दारको मृत्यु

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको लडेर मृत्यु भएको छ । आफू बसेको माथिबाट खस्दै गरेको ढुंगा छल्न खोज्दा लडेर मृत्यु भएको हो ।



गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुंगा छल्न खोज्दा लडेर घाइते भएका हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बर्दिया जिल्ला घर भएका हवल्दार खड्काको गाउँपालिकाको पिप्लाङस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज पठाइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि हेलिकोप्टरबाट काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ल्याइएको हो ।

उपचारका क्रममा उनको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट