ओली अवैधानिक प्रधानमन्त्री हुन् : नेता नेपाल-Sutra News

ओली अवैधानिक प्रधानमन्त्री हुन् : नेता नेपाल

शुक्रबार, २ माघ २०७७

शुक्रबार, २ माघ २०७७

काठमाडौं । प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकता सम्भव नरहेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न नसक्ने बताएका हुन् ।



संविधान निगरानी समूहले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले ओलीलाई दम्भले भरिएको मान्छेको संज्ञा दिए । उनले ओलीलाई अवैधानिक प्रधानमन्त्री भएको समेत बताए ।

‘ढुक्क हुनुस् अब मिल्ने सम्भावना छैन, उहाँ पार्टी सदस्य हुन योग्य हुनुहुन्न, उहाँ मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने हो,’ उनले भने, ‘उहाँ अवैधानिक प्रधानमन्त्री हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट