फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ लाई पिजी सर्टिफिकेट-Sutra News

फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ लाई पिजी सर्टिफिकेट

मंगलबार, २८ पौस २०७७

मंगलबार, २८ पौस २०७७

काठमाडौं- अभिनेता शिव श्रेष्ठको निर्माण तथा अभिनय रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले सो फिल्मलाई पिजी सर्टिफिकेट दिएको हो । यो फिल्मलाई अब जुनसुकै उमेर समूहका दर्शकले पनि हेर्न पाउने भएका छन् ।



फिल्मलाई माघ १ बाट देशभर प्रदर्शनमा ल्याइने भएकाे छ । दिपेश सापकोटाको निर्देशन रहेको यो फिल्म रोमान्टिक तथा एक्सन जनराको फिल्म हो ।

फिल्ममा अभिनेता शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्कालगायतको अभिनय रहेको छ । सोही फिल्मबाट अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले पनि अभिनयमा डेब्यू गर्दैछन् ।

कोभिडका कारण बन्द भएको फिल्म हल दश महिनापछि खुलेको छ । ‘एउटा यस्तो प्रेम कहानी’ लकडाउनपछि हलमा रिलिज हुने पहिलो फिल्म बन्नेछ । फिल्म क्षेत्रलाई सुचारु र चलायमान बनाउन निर्माण टिमले फिल्म रिलिज गर्ने निर्णय गरेको अभिनेता शिव श्रेष्ठले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट