गायक बद्री केसी मृत भेटिए-Sutra News

गायक बद्री केसी मृत भेटिए

आइतबार, २६ पौस २०७७

आइतबार, २६ पौस २०७७

लण्डन- करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् ।शुक्रबार अपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।



पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएको थिए । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत फर्किएका थिए । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक थिए ।

उनी पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्थे भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए । आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट