शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ नयाँ गीत [भिडियो]-Sutra News

शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ नयाँ गीत [भिडियो]

मंगलबार, २१ पौस २०७७

मंगलबार, २१ पौस २०७७

काठमाडौं- गायक शिव परियारको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो याद भुलाउन’ बोलको गीतको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र मोडल साक्षी लम्साल फिचर्ड छन् । गीतमा उमेश रेग्मीको शब्द तथा संगीत, महाराज थापाको संगीत संयोजन छ ।



युवराज वाइवाले निर्देशन गरेको भिडियोमा प्रेमिकाले छाडेपछि उसको याद भुलाउन एउटा प्रेमीले मदिराको सहारा लिएको देखाइएको छ । याद भुलाउन मदिराको सहारा लिँदा प्रेमीले आफूलाई अझ विगारिरहेको सन्देश भिडियोमा ब्यक्त गरिएको छ ।

गीतबारे शिव परियार भन्छन्, ‘यसलाई राम्रो आधुनिक गीतका रुपमा चित्रण गर्न चाहन्छु । गीतले नशा पिएर रमाईलो गर्ने भन्दा पनि नशा पिएर म खराव भएँ भन्ने म्यासेज दिन्छ । पक्कै स्रोता–दर्शकले मन पराउनुहुनेछ ।’

उमेश रेग्मीको शब्द तथा संगीतमा अहिलेका धेरै चलेका गायक–गायिकाले गीत गाईसकेका छन् । संगीतमा सक्रिय रेग्मीको ‘बाबाको दुई पैसे जागिर, मेरो याद तिमीलाई आउँछ आउँदैन’, ‘मैले गर्ने मायामा’, ‘प्रिय तिम्रो तस्विर’, ‘छोरी’ लगायत गीत चर्चित छन् ।

निसल पौडेलले छायांकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् । गीतको भिडियो गोत्र इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट