‘लप्पन छप्पन २’ महाशिवरात्रीमा रिलिज हुँदै-Sutra News

‘लप्पन छप्पन २’ महाशिवरात्रीमा रिलिज हुँदै

बिहिबार, ९ पौस २०७७

बिहिबार, ९ पौस २०७७

काठमाडौं- चलचित्र ‘लप्पन छप्पन २’ महाशिवरात्रीका अवसर पारेर रिलिज हुने भएको छ । गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा निर्माण चलचित्र फागुन २७ बाट प्रदर्शनमा आउन लागेको हो ।



खिलेन्द्रराज तिमसिना प्रस्तुतकर्ता रहेको सिनेमामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, राजेन्द्र विष्ट शक्ति श्रेष्ठ, सिर्जना सिना,केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल लगायतका कलाकारको अभिनय रहेको छ ।

मुकुन्द भट्टको निर्देशनमा बनेको चलचित्रमा सुनिल नेउरे र अमिता शर्माको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट(एमआर आरजे) दीपक आरजे र बुलेट फ्लोको संगीत, नरेशनाथ योगी को कोरियोग्राफी छ । चलचित्रको सम्पादन हिमाल केसी र मिलन श्रेष्ठको रहेको छ ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माता छन्, र प्रकाश कुँवर, निर्मलकुमार मिश्र,चिजकुमार श्रेष्ठ, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट