उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै पौडेलले भने- समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो ? [फोटोफिचरसहित]-Sutra News

उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै पौडेलले भने- समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो ? [फोटोफिचरसहित]

शुक्रबार, ३ पौस २०७७

शुक्रबार, ३ पौस २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । शुक्रबार किसानको आन्दोलनमा एक्यवद्धता जनाउन माइतीघर पुगेका पौडेलले सामाजवाद उन्मुख राज्यमा किसानको अवस्था यसप्रकारको हुनु दुःखद् भएको बताए ।



‘म किसानको आन्दोलनमा एक्यवद्धता जनाउन आएको हुँ । समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो ?,’ पौडेलले भने, ‘व्यापारीहरू राज्यको यत्रो संयन्त्र हुँदै कसरी उम्कन्छन् ? पक्राउ पुर्जी जारी गर्ने तर व्यवहारमा काम नगर्ने गर्नु भएन । कांग्रेस पनि यो आन्दोलनमा छ ।’

चिनी मिलले उखुको भुक्तानी नगरेको भन्दै ६ दिनदेखि किसानहरूले माइतीघरमा आन्दोलन गरिरहेका छन् । उखुकाे पैसा नपाएसम्म घर नजाने उनीहरूले बताएका छन् ।

131573248_10159282326941042_4695306911850400631_o.jpg

131766069_10159282326541042_2189851676367024846_o.jpg

131596202_10159282326261042_7170187053806247905_o.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट